गोरखा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज गोरखामा थप ४६ जनामा संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गण्डकी, शहिद लखन, भीमसेन थापा र आरुघाट गाउँपालिकामा गरी बिहीबार थप ४६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये गण्डकी गाउँपालिकामा १ जना, शहिद लखन गाउँपालिकामा १० जना, भीमसेन थापा गाउँपालिकामा १६ जना र आरुघाट गाउँपालिकामा १९ जना रहेका छन् ।
संक्रमण देखिएका सबैको कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गरी परिक्षणका लागि पोखरा पठाइएको कार्यालयले जनाएको छ । हाल जिल्लामा २३७ जना सक्रिय संक्रमित रहेको कार्यालयका महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए ।




















