गोरखा – गोरखाको २ पालिकामा बिहीबार थप २१ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमण देखिएको भीमसेन थापा र शहिद लखन गाउँपालिकामा थप २१ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
भीमसेन थापा गाउँपालिकाको १, २, ३, ४, ५, ६ र ८ मा गरी १२ जनामा र शहिद लखन गाउँपालिकाको ८ मा ९ जनामा संक्रमण पुष्टी देखिएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबावु अर्यालले बताए ।




















