गोरखा – गोरखाको पालुङटार नगरपालिकामा बिहीबार थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण देखिएका मध्ये पालुङटार नगरपालिका २ आँपपिपलका २ जना पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
संक्रमण देखिएका दुवै जना कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब संकलन गरिएका ब्यत्ति भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।





















