गोरखा – नोबल कोरोना भाइरस (काभिड–१९) को नयाँ भेरियन्टले नगरबासीलाई सताउन थालेको भन्दै सबै गोरखा नगरपाकिाले सबै वडामा स्वाब संकलनको तयारी गरेको छ ।
कार्यालयले बुधबार एक सूचना जारी गर्दै सबै वडामा स्वाब संकलन गर्ने समय र स्थानको कार्यतालिका सार्वजानिक गरेको हो ।
गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीद्वारा हस्ताक्षरित सूचनामा संक्रमित स्थानबाट आएका, छिमेकी मुलुक भारत लगायतका अन्य मुलुकबाट आएका, स्थानिय रुपमा संक्रमण देखिएका, लक्ष्यण मल्दिोजुल्दो भएका र अस्पताल तथा स्वास्थ्य चौकीको फिवर क्लिनिकबाट पहिचान भएका ब्यत्तिहरुलाई आफ्नो वडामा आउने स्वाब संकलन टोली संग सम्र्पक राखी स्वाब दिन भनेको छ ।
स्वाब संकलन अन्रर्गतन आज ११ः०० बजे वडा नम्बर ६, ७ र ८ को रानिपोखरी नजिक विपी चौतारामा हुने छ भने वडा नम्बर ११ र १२ को रानीटार क्षेत्रमा दिनको २ः०० बजे हुने पालिकाको स्वास्थ्य शाखा प्रमुख रेग्मीले बताए ।
नगर भित्रको सबै वडामा ३० गते सम्ममा स्वाब संकलन कार्य सकि सक्ने स्वास्थ्य शाखाले तयारी गरेको छ ।





















