गोरखा – नोबल कोरोना भाइरसको संख्यामा बृद्वि हुन थाले पछि संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै भोली देखी जिल्ला भर नै निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखामा आज भएको जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले बिहीबार देखी जिल्ला भर नै निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा बैशाख ३१ गते राती १२ः०० बजे सम्म कायम हुने छ ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टको सहितको कोभिड–१९ को संक्रमण जिल्ला भर फैलिएकोले जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै जिल्लाभित्र हुन सक्ने संक्रमणको तिब्र फैलावट रोकथाम तथा नियन्त्रणका लागि जिल्ला भरी नै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी एव केन्द्रका गोरखा अध्यक्ष शालिग्राम शर्मा पौडेलले बताए ।
केन्द्रले निषेधाज्ञा जारी भएको अवधिमा कोरोना संक्रमित विरामीको सम्र्पकमा आएका ब्यत्तिहरुको कन्ट्याक्ट ट्रेसिङ लगायतका कार्यलाइ तिब्रता दिन सम्पूण स्थानिय तह र स्वास्थ्य कार्यालयलाई केन्द्रले आग्रह समेत गरेको छ ।
मंङ्गलबार राती १२ बजे देखी जिल्लाको गोरखा र पालुङटार नगरपालिका साथै आरुघाट गाउँपालिकामा निषेधाज्ञा जारी भएको थियो ।
गोरखामा आज थप ५० जनामा संक्रमण देखिए संगै सक्रिय संक्रमितको संख्या १९६ पुगेको छ । सबै भन्दा धेरै भीमसेन थापा गाउँपालिकामा संक्रमित रहेका छन् ।






















