गोरखा – गोरखाको ३ स्थानिय तहमा आज बिहान देखी निषेधाज्ञा जारी भएको छ । जिल्लाको गोरखा, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा निषेधाज्ञा जारी भएको हो ।
निषेधाज्ञा जारी भएको पालिकाहरुको मुख्य मुख्य बजारमा प्रहरीले कडा सुरक्षा ब्यवस्था मिलाएको छ । अत्यावश्यकीय काम तथा निषेधाज्ञामा छुट भएका ब्यत्ति तथा सवारी साधनबाहेक अन्यलाई प्रहरीले चेकजाँच पछि नियन्त्रणमा लिन थालेको छ ।
मुख्य मुख्य बजारको चोक चोकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको छ । प्रहरीले सुरक्षा ब्यवस्थामा ध्यान दिएको छ भने ट्राफिक प्रहरीले सडकमा अनावश्यक रुपमा गुडने सवारी साधनलाई नियन्त्रणमा लिने काम भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीले अत्यावश्यकीय काम बाहेक बजारमा क्षेत्रमा हिड्ने जो कोहीलाई पनि फर्काएको छ । निषेधाज्ञामा एबुलेन्स, सञ्चारकर्मीका सवारी साधान, सरकारी सवारी साधन र दैनिक उपभोग्य बस्तु तथा निर्माण सामाग्री बोकेका सवारीलाई छुट दिईएको छ ।
बजार क्षेत्रमा बिहान तरकारी तथा किराना पसल सञ्चालनमा आएको थियो भने दिउसो मेडिकलहरु मात्र सञ्चालनमा आएका छन् ।




















