गोरखा – जिल्लाको ५ वटा स्थानिय तहमा आज थप ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको शहिद लखन, भीसेन थापा, बारपाक सुलिकोट गाउँपालिका र गोरखा तथा पालुङटार नगरपालिकामा गरी बुधबार थप ५० जनामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
संक्रमण देखिएका पालिका मध्ये भीमसेन थापा गाउँपालिमा सबै भन्दा धेरै देखिएको छ । यो गाउँपालिकामा आज मात्रै २८ जनामा संक्रमण देखिएको छ । २ साता यता भीमसेन थापा गाउँपालिका कोरोना संक्रमणको हव नै सावित हुन थालेको छ । जिल्लामा अहिले सम्म भएका संक्रमित मध्ये आधा भन्दा धेरै यही पालिकामा छन् ।
त्यस्तै गरी संक्रमण देखिएका मध्ये गोरखा नगरपालिकामा ११ जना, शहिद लखन गाउँपालिकामा ९ जना र पालुङटार नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकामा १÷१ जनामा संक्रमण देखिएको छ ।
जिल्लामा मङ्गलबार सम्म १४६ जना सक्रिय संक्रमित रहेको थियो ।




















