गोरखा – गोरखामा मङ्गलबार थप १४ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।
जिल्लाको पालुङटार नगरपालिकाका १३ जना र सिरानचोक गाउँपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
संक्रमितहरु मध्ये पालुङटार नगरपालिकाकाे विभिन्न वडामा १३ जनामा संक्रमण पुष्टी भएको हो ।
जिल्लाकै सिरानचोक गाउँपालिका ३ को हर्मीका १ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमित सवैको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा कोरोना पुष्टी भएको हो ।


