गोरखा – गोरखाको क्यामुनटार बासीलाई राहत सामाग्री वितरण गरिएको छ । भिमसेन थापा गाउँपालिका ७ को क्यामुनटार बासीलाई नेकपा एमाले जिल्ला कमिटी गोरखाले राहत सामाग्री हस्तान्तरण गरेको हो ।
भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेत को सहयोगमा नेकपा एमाले गोरखाले कोभिड–१९ बाट प्रभावित ५० घर परिवारका मानिसहरुलाई दाल, चामल, नुन र तेल हस्तान्तरण गरिएको सुजन सिंखडाले जानकारी दिए ।
एमालेका नेता सुरेन्द्र थापा, बावुराम थापा, सम्झना देवकोटा, कृण्ण नेपालीको उपस्थितीमा ४० बोरा चामल , १०० केजि दाल, ४० पोका तेल र ५० पोका नुन हस्तानान्तरण गरिएको थियो ।
नेकपा एमाले भिमसेन थापा गाउँपालिका कमिटी को अनुरोधमा जिल्ला कमिटीले उत्त सामाग्री उपलब्ध गराएको नेकपा एमाल गोरखाले जनाएको छ ।


