गोरखा – गोरखाको ४ पालिकामा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको आरुघाट, भीसेन थापा, शहिदलखन गाउँपालिका र पालुङटार नगरपालिकामा गरी सोमबार २१ जनामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।
निर्देशनालयले आज जारी गरेको सूचना अनुसार आरुघाट गाउँपालिका ८ मा ३ जना महिला र २ जना पुरुष गरी ५ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै गरी भीमसेन थापा गाउँपालिका ८ मा १ जना पुरुष र पालुङटार नगरपालिका ५ मा १ जनामा महिलामा पनि संक्रमण पुष्टी भएको छ ।
आज संक्रमण देखिएका मध्ये सबै भन्दा बढी शहिदलखन गाउँपालिकामा देखिएको छ । शहिद लखन गाउँपालिकाको ३ वटा वडामा १४ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
शहिद लखन गाउँपालिका ६, ८ र ९ मा गरी १४ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिएका मध्ये ७ जना पुरुष र ७ जना महिलामा संक्रमण देखिएको हो ।




