×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कोरोना कहरमा पत्रकार र अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारको प्रहार

  •  गोरखा समाचार
  • सोमबार, बैशाख २०, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    धर्मेन्द्र झा

    नेपालमा प्रेसको स्वतन्त्रता हरण गर्न सकिने संवैधानिक र कानुनी स्पष्ट अवस्था छैन । तर वर्तमान अवस्थाको विश्लेषण गर्ने हो भने यस सम्भावनालाई अस्वीकार गर्न सकिने अवस्था पनि छैन ।

    वर्तमानमा छलफलमा रहेका केही कानुनहरु पारित भएको अवस्थामा भोलिका दिनमा नेपाली प्रेसको स्वतन्त्रता प्रभावित हुने निश्चित छ । वर्तमानको कुरा गर्ने हो भने सत्ताका नजिक रहेका नेता तथा कर्मचारीतन्त्रलगायत स्वयं प्रधानमन्त्री लगाताररुपमा प्रेसविरुद्ध प्रस्तुत् हुनुले निश्चय पनि सुखद अवस्थाको संकेत गर्देन ।

    मे ३, आज विश्वभरिका पत्रकार र सञ्चारकर्मीको उपस्थितिमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ । आजको दिनमा विश्वभरि विद्यमान प्रेस, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था, पत्रकार र सञ्चारकर्मीको अवस्था, सञ्चामाध्यम र सञ्चार गृहको अवस्था आदिबारे मूल्यांकन, विश्लेषण र छलफल गर्ने गरिन्छ ।

    दुखका साथ भन्नुपर्छ, कोभिड–१९ महामारीका कारण विश्वभरका पत्रकार त्रसित र आक्रान्त छन् । विश्वभरि नै स्वतन्त्र र निर्वाध सञ्चारकर्मका लागि कोरोना ठूलो चुनौती बनेको छ । सञ्चारमाध्यम र सञ्चारगृह समस्यामा परेका छन् । अनेकौ छापालगायतका सञ्चारमाध्यम बन्द भएका छन् भने थुप्रै पत्रकार र सञ्चारकर्मी वेरोजगार बन्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।

    स्वाभाविकरुपले नेपाल पनि अपवाद हुन सक्दैन, छैन । तर नेपालका समस्या यतिमा मात्र समाप्त हुँदैनन् । माथि पनि उल्लेख गरियो, अहिले नेपाली पत्रकारहरु कोरोनाको त्रास र सरकारी कोप भाजनको मार सँगसँगै खेप्न बाध्य छन् । शायद सरकारको नेतृत्व प्रेस र लोकतन्त्रप्रति अनुदार शक्तिले गरेका कारण पनि माथि उल्लेखित अवस्थाहरु सिर्जिएका हुन सक्छन् ।

    सन् १९९३ मा नामिवियाको विण्डहकमा वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा एउटा सम्मेलनको आयोजना गरिएको थियो ।

    त्यो सम्मेलनले जारी गरेको घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिवद्धता जनाएको थियो । यसै घोषणपत्रमार्फत् सम्मेलनका सहभागीले स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा आफूलाई प्रष्टरूपमा उभ्याएका थिए ।

    त्यही घोषणापत्र जारी भएको दिन अर्थात मे ३ लाई युनेस्कोको आव्हानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउन थालिएको हो । नेपालमा पनि यो दिवस प्रारम्भका वर्षहरुदेखि नै मनाउँदै आइएको छ । नेपालमा यो दिवसको आयोजना गर्न थालिएदेखि सम्भवतः गत वर्ष र यस वर्ष नेपाली प्रेसले यति सकसपूर्ण वातावरणमा यो दिवस मनाउन बाध्य हुनु परेको हो ।

    अहिलेको सकस कोरोनाले निम्त्याएकै त हो नै, यसमा विवाद हुन सक्दैन तर पछिल्ला केही महिनायताको सरकार, सत्तारुढ दल र तिनका कार्यकर्ता, कर्मचारीतन्त्र र सुरक्षा संयन्त्रका केही खास व्यक्तिहरु जसरी प्रेसविरुद्ध प्रस्तुत् भएका छन् र विचार तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षपातीहरुलाई जुन प्रकारले प्रताडित हुन बाध्य बनाइएको छ, त्यसबाट नेपाली प्रेस सकसमा परेको स्पष्ट छ । अझ प्रधानमन्त्रीको प्रेसविरुद्धको पटकपटकको अभिव्यक्तिबाट नेपाली प्रेसको तेजोवध गर्ने चेष्टा भएको छ ।

    अरुले प्रेसलाई दूर्व्यवहार गरे, धम्की दिए त्यसको कानुनी उपचार गर्नुपर्ने दायित्व राज्यको हो, तर जब राज्य आफै धम्कीको भाषा प्रयोग गर्छ भने कानुनी उपचारको आशा कोबाट गर्ने ? लोकतन्त्रको प्रत्याभूति कसबाट खोज्ने ? निश्चय पनि राज्यका यस्ताखाले अभिव्यक्तिले भविष्यमा प्रेसविरुद्धको दण्डहीनताले प्रश्रय पाउनेछ र समग्रमा लोकतन्त्र धरापमा पर्ने सम्भावनाको विकास हुनेछ, यसमा शंका छैन ।

    यस्तो प्रतिकूलतामा नेपाली प्रेसले संकट अनुभूत गर्दछ भने त्यसलाई अस्वाभाविक मान्न सकिँदैन । कोरोना महामारीका समयमा पनि प्रेसविरुद्धको राज्यको कहर कम भएको छैन । सम्पूर्ण विश्वका सरकारहरुले कोभिडसँगको युद्धमा सञ्चारको भूमिकालाई अत्यन्त महत्वका साथ मूल्यांकन गरेका छन् । कतिपय देशमा अहिलेको महामारीको अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षकर्मीसँगै सञ्चारकर्मीलाई पनि अग्रपंक्तिको योद्धाका रुपमा मूल्यांकन गरिएको छ । स्वयं संयुक्त राष्ट्र संघका महासचिवले पनि वर्तमानमा प्रेसले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भनेर प्रशंसा गरिरहेको पृष्ठभूमिमा नेपालको अवस्था भने फरक छ ।

    प्रत्येक वर्ष फरक फरक नाराका साथ यो दिवस मनाउने क्रममा यसपटक युनेस्कोले ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने नारा तय गरेको छ । यस नाराको अन्तर्यको विश्लेषण गर्ने हो भने सूचना स्वतन्त्रतालाई महत्व दिइएको पाउन सकिन्छ ।

    सूचनालाई सार्वजनिक सम्पतिको रुपमा स्वीकार गर्ने हो भने सूचनामा सबैको पहुँच हुनुपर्छ भन्ने बुझनु अपरिहार्य छ । तर यस सन्दर्भमा एक प्रश्न हाम्रासामु उपस्थित हुन्छ, के आजको अवस्थामा नेपालमा यस्तो स्वतन्त्रताको कल्पना गर्न सकिन्छ ? निश्चय पनि सकिँदैन ।

    अझ सरकारले ल्याउन चाहेका कानुनहरुको विश्लेषण गर्दा अवस्था झनै अत्यासलाग्दो छ । सरकार सूचनाको स्वतन्त्रता होइन संकुचन र नियन्त्रण चाहन्छ । निश्चय पनि यसबाट लोकतन्त्र र जनताका अधिकार पनि संकुचनमा पर्ने खतरा उत्पन्न भएको छ । आजको दिनमा राज्यबाट यस अवस्थामा सुधारको प्रयास अपेक्षित छ ।

    प्रेस स्वतन्त्रताका तमाम मुद्दासँग त नेपाली पत्रकारहरु जुधिरहेका छन् नै यहाँका पत्रकारहरू यतिबेला स्वास्थ्य चुनौतिसँग पनि जुध्न बाध्य छन् । कोरोनाको संक्रमणका बीचमा पत्रकारिता कर्मलाई निरन्तरता दिनुपर्ने अवस्था एकातिर छ भने यही कोरोनालाई कारण देखाएर सञ्चारगृहबाट पत्रकारलाई विस्थापित गराउने खतरा पनि उत्तिकै छ ।

    नेपाल पत्रकार महासंघका अनुसार यस वर्ष पत्रकारहरुको पेशागत सुरक्षाका घटनाहरु सबैभन्दा बढी देखिए । महासंघको अभिलेखअनुसार कोरोना महामारीको समयमा पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको संख्या पाँच सय १७ रहेको छ ।

    महासंघको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरू यस वर्ष ४५ छन् । ती घटनाबाट जम्मा पाँच सय ८४ पत्रकार र ३ वटा सञ्चारसंस्था पीडित बनेका छन् । पाँच सय ८४ पत्रकारमध्ये ७७ पत्रकारहरू महिला छन् । यस वर्ष ६ जना पत्रकार गिरफ्तारीमा परेको जनाउँदै महासंघले ४ जना पत्रकार कब्जा, अवरोधबाट पीडित भएको जनाएको छ । त्यसैगरी आक्रमणबाट ४८ र दुव्र्यवहार, धम्कीबाट १२ जना पत्रकार पीडित भएका छन् भने ५ सय १७ जना पत्रकारहरू विस्थापनमा परेका छन् ।

    उल्लिखित तथ्यांकले एकैपटक अनेक प्रश्नको उठान गरेको छ र नेपालको प्रेस स्वतन्त्रताको अवस्थाबारे पुर्नमुल्यांकन गर्नपर्ने आवश्यकता औंल्याएको छ । यस तथ्यांकका आधारमा निश्चितरुपले भन्न सकिन्छ, नेपाली प्रेस अझै पनि पेशागत र भौतिक सुरक्षाका दृष्टिले सकसको अवस्थामा छ ।

    यस्तो अवस्थाको उपस्थितिमा सूचना स्वतन्त्रताको कुरा आकाशको फलमात्र प्रमाणित हुने कुरालाई अस्वीकार गर्न सँकिदैन र यस अवस्थाका लागि सबैभन्दा ठूलो जिम्मेबार पक्ष सरकार हो भन्ने कुरामा विमति हुन सक्दैन ।

    सरकार सैद्धान्तिकरुपमा प्रेस स्वतन्त्रता नियन्त्रणको पक्षमा देखिएको छ । प्रेसलाई मर्यादित बनाउने नाममा सरकार नीतिगतरुपमा प्रेस संकुचनलाई बढावा दिन चाहिरहेको छ र यसका लागि सरकार कानुनी संयन्त्रको सहयोग प्राप्त गर्न चाहन्छ । सरकारले पछिल्ला दिनमा तर्जुमा गरेका कानुनहरु यसैका उदाहरण हुन । प्रेससँग सम्बन्धित कानुन निर्माणको प्रक्रिया र त्यहाँ उल्लेखित प्रावधानहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताअनुकूल छैनन ।

    माथिको तथ्यांक र विश्लेषणका आधारमा भन्न सकिन्छ, लोकतन्त्र/गणतन्त्र संस्थागत हुँदै गएको, स्थिर सरकारको निर्माण भएको, संघीयता लागू हुँदै गरेको अवस्थामा पनि प्रेस सुरक्षित छैन । असुरक्षित प्रेसले सूसूचित समाजको निर्माण गन सक्दैन र समाज सुसूचित नहुँदा लोकतन्त्र संस्थागत हुन सक्दैन । यस्तोमा नेपाली लोकतन्त्र संस्थागत गर्ने गहन दायित्व प्रेसको काँधमाथि छ ।

    नेपाली प्रेसले कुनै पनि दूष्कृत्यबाट प्रभावित र विचलित नभई आफ्नो दायित्वको निर्वहन गर्नु अपरिहार्य छ । विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा युनेस्कोले यस वर्षका लागि तय गरेको नारा, सार्वजनिक सम्पतिका रुपमा सूचना को मर्मलाई आत्मसात गरी सम्बद्ध सबैले पूर्णतः अनुशरण गर्नु अपेक्षित छ ।

    (नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष झा अन्तर्राष्ट्रिय पत्रकार महासंघका पुर्व सल्लाहकार हुन् ।)

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, बैशाख २०, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.