गोरखा – नेकपा माओबादी केन्द्र गोरखाले जिल्ला भित्र कोरोना संक्रमण भयावह बन्दै गएको भन्दै जनताको स्वास्थ्य सुरक्षामा जिम्मेवार बन्न सवै तहका सरकारलाई आग्रह गरेको छ ।
पार्टीले आइतबार एक बिज्ञप्ती जारी गर्दै जिल्लाको भीमसेन थापा, सिरानचोक, आरुघाट गाउँपालिका, गोरखा नगरपालिका, पालुङटार नगरपालिका लगायतका क्षेत्रमा संक्रमण तिव्र बन्दै गएको भन्दै त्यस प्रति तिनै तहको सरकार जिम्मेवार भएर लाग्न भनेको हो ।
अध्यक्ष लेखबहादुर थापालेद्वारा जारी विज्ञप्तीमा जिल्ला भित्र संक्रमणको दर बृद्वि हुदै जादा पार्टीको गम्भीर ध्यानकर्षण भएको उल्लेख गर्दै कोरोना संक्रमणका कारण नागरिकहरुको स्वास्थ्यमा गम्भीर चुनौती खडा भएको बर्तमान अबस्थामा स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार थप जिम्मेवार भएर लाग्नु पर्ने उल्लेख गरिएको छ ।
विज्ञप्तीमा ‘संक्रमणका कारण जिल्ला भित्र बालबालिकादेखि बृद्धबृद्धासम्मको स्वास्थ्य अबस्था जोखिममा परेको, भन्दै ‘केहीले ज्यान समेत गुमाइसकेको अबस्थामा कुनै तहका सरकार जिम्मेवार बन्न सकेका छैनन्’ विज्ञप्तिमा भनिएको छ ।
माओवादी गोरखाले सवै खालका उपाय अबलम्बन गर्न अपिल गर्दै नागरिकको स्वास्थ्य सुरक्षाका लागि सिमा नाकामा चेक जाँच सुरु गर्न, आमनागरिकलाई सुरक्षा मापदण्डको पालना गर्न गराउन, बाहिरबाट आएका नागरिकहरुलाई सुरक्षित रुपमा राख्नका लागि क्वारेन्टिन व्यवस्था गर्न, कन्ट्रयाक्ट ट्रेसिङ, पिसिआर परीक्षणको काम द्रुत गतिमा अघि बढाउन समेत माग गरेको छ ।
माओवादी गोरखाले कोरोना बिरुद्धको खोप आमनागरिकलाई उपलब्ध गराउन माग गर्दै जिल्ला भित्र अझै पनि पर्याप्त तयारी नहुनु दुःखको कुरा भएको भन्दै संक्रमितलाई राख्ने आइसोलेसन निर्माण, अक्सिजन प्लान्ट निर्माणको काम तिव्र रुपमा अगाडी बढाउन समेत माग गरेको छ ।
पार्टीले नागरिकहरुलाई परेको समस्या समाधानका लागि क्वारेन्टिन, आइसोलेसन निर्माण तथा आवश्यक सवैखालका सहयोगमा जुट्न जिल्ला, नगर, गाउँपार्टी, वडापार्टी तथा जनवर्गिय संगठनहरुलाई अपिल समेत गरेको छ ।
माओवादी गोरखाद्वारा जारी बिज्ञप्ती




