गोरखा – पालुङटार नगरपालिकाले भोलीदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
छिमेकी जिल्ला र नगरपालिका भित्र पनि कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढेको, केहीको मृत्यु समेत भइसकेको भन्दै संक्रमण रोकथाम र नियन्त्रणका लागि सोमबार देखी अत्यावश्यकीय बाहेकका सबै सेवा बन्द गरेको हो ।
नगरपालिकाले आज (आईतवार) एक सुचना जारी गर्दै आउदो बैशाख २६ गते सम्म नगरपालिका र वडाबाट हुने सबै प्रकारको सेवा बन्द गर्ने निर्णय गरेको हो ।



