गोरखा – नगरपालिका क्षेत्र भित्र संक्रमितको संख्या बढ्दै गएको भन्दै गोरखा नगरपालिकाल जिल्ला कोभिड बिपद् ब्यवस्थापन केन्द्रलाई नगरक्षेत्रमा निषेधाज्ञा गर्न आग्रह गरेको छ ।
राजनैतिक दल र कार्यपालिकाको आइतबार बसेको बैठकले नगर क्षेत्र भित्र दिन दिनै संक्रमितहरुको संख्या बढ्दै गएकोले नियन्त्रण र रोकथामका मंङ्गलबार राती देखी निषेधाज्ञा गर्न जिल्ला कोभिड बिपद् ब्यवस्थापन केन्द्रलाई आग्रह गरिएको हो ।
आजै भएको नगर स्तरिय राजनीतिक दल, यातायात ब्यवसायी, उद्योगी ब्यवसायी सहितको सर्वपक्षिय बैठकले ब्यवस्थापन केन्द्रलाई आग्रह गर्ने निर्णय गरे संगै गोरखा नगरपालिको केन्द्रलाई पत्राचार गरेको गोरखा नगरपालिकाले जनाएको छ ।
बैठकमा आगामी दिनको तयारी, भुमिकाको बारेमा समेत छलफल भएको थियो । बैठकले पहिलो १० दिनका लागि निषेधाज्ञाको सिफारिस गरेको छ ।
निषेधाज्ञामा बिकास निर्माण कामलाई भने नराेक्न भनिएकाे छ ।





















