गोरखा – गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ को वडा सदस्यको मृत्यु भएको छ ।
बारपाक सुलिकोट गाउँपालिका ४ का वडा सदस्य प्रेम नेपालीको सनिबार राती उपचारलागि राजधानी लादै गर्दा बाटोमा मृत्यु भएको हो ।
केही दिन देखी बिरामी नेपालीलाई उपचारकोलागि भरतपुर लगेकोमा राजधानी लान रिफर गरे पछि राजाधानी लाने क्रममा बाटो नै मृत्यु भएको गाउँपालिका अध्यक्ष बिण्णु भट्टले जानकारी दिए ।
नेपालीको शोकमा आईतबार गाउँपालिकाको कार्यालय र वडा कार्यालय बन्द गरिएको छ । त्यस्तै गरी मंगलबार सम्म पालिका भित्र रहेका सबै कार्यालयका झण्डा आधा झुकाउने समेत निर्णय भएको पालिकाले जनाएको छ ।




















