गोरखा – गोरखा जिल्ला भित्र चलिरहेको ‘तपाईको मास्क खै ?’ अभियानलाई एक गैर सरकारी संस्थाले सहयोग गरेको छ ।
अभियानलाई सहयोग पुग्ने उद्वेश्यका साथ निर्माण ब्यवसायी संघ गोरखाले मास्क र स्यानिटाजर गोरखा प्रहरी प्रमुखलाई बुझाएको हो ।
अभियान सहयोग होस र गरिब तथा निमुखा सर्व साधारणले मास्क प्रयोग गर्न पावस भन्ने उद्वेश्यका साथ मास्क र स्यानिटाइजर सहयोग गरेको संघका जिल्ला अध्यक्ष बावुराम श्रेष्ठले बताए ।
अभियान सञ्चालनका बखत मास्क किनेर लाउन नसक्नेहरुका लागि सहयोग गरेको संघको कार्यालयले जनाएको छ । सनिबार बिहान जिल्ला प्रहरी कार्यालयका परिषरमा संघका पदाधिकारीहरुले प्रहरी प्रमुख शेखर खनाललाई २ हजार थान मास्क र ६ लिटर स्यानिटाइजर हस्तान्रतण गरेका थिए ।


