गोरखा – जनता समाजबादी पार्टी गोरखाका पार्टी अध्यक्षलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
पार्टीका गोरखा जिल्ला अध्यक्ष नारायण खत्रीलाई शुक्रबार कोरोना संक्रमण पुष्टी भएको हो ।
अध्यक्ष खत्री केही दिन अगाडी चितवन र काठमाण्डौंको यात्रा तयगरी गोरखा फर्कादा अस्वस्थ्य महशुस गरे पछि स्वाब बुधबार स्वाब परिक्षण गराएका थिए । उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
खत्रीले गोरखा समाचार डटकम संग कुरा गर्दै आफुले स्वाब दिए देखी क्वारेन्टाइनमा रहदै आएको र स्वास्थ्यमा समस्या नआएको बताए । तर पनि आफु संग उत्त समयमा सम्र्पकमा आएकाहरुलाई स्वाब परिक्षण गराउन वा सर्तक रहन भनेका छन् ।
पार्टी अध्यक्ष खत्री संगै आज जिल्लामा ४३ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये आरुघाट गाउँपालिकाका ७ का १ जना पुरुष, गोरखा नगरपालिका ८ का ४ महिला ५ पुरुष र भीमसेन थापा गाउँपालिका ७ का २१ महिला १२ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।




