गोरखा – बजार क्षेत्रमा बिना मास्क हिड्ने ७६ जना कारवाहीमा परेका छन् ।
बिहीबार गोरखा नगरपालिका ६ को विभिन्न क्षेत्रमा प्रहरीले बिना मास्क हिड्ने तथा सवारीमा यात्रा गर्नेहरुलाई कारवाही गर्दा ७६ जना कारवाहीमा परेका हुन् ।
नोबल कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिएको र घर बाहिर निस्कदा मास्क अनिवार्य लगाउन सामुदायिक सेवा केन्द्र र गोरखा प्रहरीले केही दिन देखी जनचेतनात्मक कार्यक्रम ‘तपाईको मास्क खै ?’ अभियान समेत सञ्चालन गरिरहेको छ । अभियान संगै बजारमा बिना मास्क हिड्ने तथा सवारीमा यात्रा गर्नेलाई संक्रमण ऐन अनुसार जरिवाना गरेर छाडिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
जन चेतनात्मक अभियान संगै कारवाहीको प्रकृया पनि संग संगै लाने सामुदायिक सेवा केन्द्र गोरखाले जनाएको छ । अति विपन्नलाई निःशुल्क मास्क उपलब्ध गराउदै आएको र अटेरीलाई संक्रमण ऐन अन्रतर्गत कारवाहीको गर्न जिल्ला प्रशासनलाई आग्रह गरिएको केन्द्रलेृ जनाएको छ ।
यो अभियानलाई अब जिल्ला ब्यापी रुपमा लैजाने समेत प्रशासनले जनाएको छ । तत्कालै मझुवा देउराली, ठाटीपोखरी, घ्याम्पेशाल, सिउरेनीटार, आरुघाट जस्ता क्षेत्रमा अभियान सञ्चालन गरिने भएको छ ।


