गोरखा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट गोरखामा थप ३ जनामा संक्रमण पुष्टी भएको छ ।
संक्रमित हुनेहरुमा गोरखा नगरपालिका ६ का ४५ बर्षका पुरुष, पालुङटार नगरपालिका र भीमसेन थापा गाउँपालिकाका १÷१ जना पुरुष र महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
गोरखा नगरपालिकाका पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा संक्रमण पुष्टी भएको हो । पालुङटारका पुरुषमा चितवन मेडिकल कलेजमा उपचारको क्रममा संक्रमण देखिएको हो । उनी अहिले होम आइसोलेशनमा रहेको पालुङटार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृण्ण अधिकारीले बताए ।
त्यस्तै गरी भीमसेन थापा गाउँपालिकाकी २९ बर्षिया महिलालाई राजधानीमा उपचारको क्रममा संक्रमण पुष्टी भएको हो । ति महिला गाउँपालिका भित्रै रहेको बृद्वाश्रममा काम गर्ने कर्मचारी भएको पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालय गोरखाले उपलब्ध गराएको पछिल्लो रेकर्ड अनुसार जिल्लामा अहिले सम्म ६१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरु मध्ये गोरखा अस्पतालमा २ जनाको उपचार भई रहेको छ भने ५९ जना होम आइसोलेशनमा रहेका छन् ।
जिल्लाको गोरखा र पालुङटार नगरपालिकाका र भीमसेन थापा गाउँपालिकामा संक्रमितहरु रहेको र अन्यमा पालिकामा संक्रमित नदेखिएको कार्यालयले जनाएको छ ।


