गोरखा – गोरखा जिल्ला अदालतले पछिल्लो ९ दिनमा ३० थान मुद्वा फरयौट गरेको छ । फरयौट भएका ५१ प्रतिशत मुद्वा सम्वन्ध बिच्छेदका छन् ।
जिल्ला न्याधिश दिनबन्धु बरालको इजलासले गएको बैशाख ६ गते देखी १४ गते सम्म ३० थान मुद्वा फरयौट गरेको अदालतका श्रेस्तेदार गोकणराज पन्तले बताए । ‘माननिय जिल्ला न्यायधिशले पछिल्लो नौ दिनमा ३० मुद्वा फरयौट गर्नुभएको र त्यस मध्ये पनि १६ थान मुद्वा सम्वन्ध बिच्छेदको रहेको’ पन्तले बताए ।
हालै गोरखा जिल्ला अदालतमा सरुवा भई आएका न्यायधिश बरारले बिगत १८ महिना देखी २ बर्ष सम्म फैसला हुन नसकेका मुद्वाका फाइलहरु अध्ययन गरि फरयौट गर्न थालेका हुन् ।
न्यायधिश बरारले गोरखा जिल्ला अदालतको बैठक कक्षमा पत्रकारहरु संग कुरा गर्दै सर्बोच्चको कार्यदिशा अनुसार मुद्वालाई चाढो किनारा लगाउने भन्ने भएका कारण आफुले जिल्लामा हाजिर भए देखी फैसला हुन बाँकी रहेको पुराना मुद्वाको अध्ययन गरि फरयौटमा ध्यान केन्द्रित गरेको बताए । उनले ‘जिल्लामा कार्यभार सम्हाले देखी फाइलहरु अध्ययन गर्दा सम्वन्ध बिच्छेदका मुद्वा अधिक देखेको र त्यस पछि नाबालिका भएको बलात्कारको मुद्वाको पनि चाप रहेको’ बताए ।
कोरोना संक्रमणका र कार्यालयमा दक्ष कर्मचारीहरुको अभावका कारण मुद्वा फैसलामा समस्या देखिएको न्याधिश बरालले बताए । जिल्ला अदालतमा विभिन्न प्रकृतीका ३६८ थान मुद्वा फरयौट हुन बाँकी रहेको थियो । त्यसै मध्ये अहिले ३० थान मुद्वा फरयौट भएको श्रेस्तेदार पन्तले जानकारी दिए ।
पछिल्लो पटक फरयौट भएका मुद्वा मध्ये सम्वन्ध बिच्छेदका १६ थान, जबरजस्ती करणीका ५ थान र बालयौन दुराचार, सवारी ज्यान, चोरी, अवबैध काठ ओसारपसारका १÷१ थान मुद्वा समेत फरयौट भएका छन् । त्यस्तै गरी लिखत बदर, जालसाझी, विदेशी बिनिमय अपचलन, मिलापत्र र अंश मुद्वाका १÷१ थान मुद्वा समेत पछिल्लो पटक फरयौट भएको छ ।




















