गोरखा – गोरखामा आइसोलेशनमा बसेका एक ब्यक्तिले सलले पासो लगाएर आत्माहत्या गरेका छन् ।
गोरखा नगरपालिका १४ याङकोटका ३६ बर्षका सुब्बा उप्रेतीले होम आइसोलेशनमा बस्दै गर्दा आत्माहत्या गरेका हुन् ।
बैशाख १० गते कोरोना संक्रमण पुष्टी भएर होम आइसोलेशनमा बस्दै आएका उप्रेतीले आफु बस्दै आएको कोठा भित्रै सलको पालो लगाएर आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
भारतको एक कपडा उद्योगमा काम गर्ने उनी बैशाख १० गते नेपाल प्रवेश गरेका थिए । उनको शब नेपाली सेनाले ब्यवस्थापन गरिदिएको छ ।
उनको परिवारमा अन्य कसैलाई पनि कोरोना नदेखिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।


