गोरखा – गोरखा अस्पतालकाे बहिरंग सेवा भोली (बिहीबार) देखी अनिश्चित कालकालागि बन्द हुने भएको छ ।
नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गएको र संक्रमित बिरामीहरुलाई उपचार गनुपर्ने भए पछि अस्पतालले भोली देखी बहिरंग सेवा बन्द गर्न लागेको हो ।
अस्पताल प्रशासनले एक सूचना जारी गर्दै ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८/०१/१४ गतेको आदेशानुसार पत्र बमोजिम यस अस्पतालले मिति २०७८/०१/१६ गतेका दिन देखी लागु हुने गरी यस अस्पतालबाट सञ्चालन हुने ओपिडी सेवा बन्द हुने’ जानकारी गराएको हो । तर फिभर अर्थात ज्वरो क्लिनीक भने यथावत रुपमा सञ्चालन आउने जनाएको छ ।





















