गोरखा – नोबल कोरोना भाइरस (कोभिड–१९)को डरका कारण जिल्ला भित्रका ८ पालिकाले स्कुल बन्द गराएका छन् ।
जिल्लाको पालुङटार र गोरखा नगरपालिका तथा भिमसेन थापा, गण्डकी, आरुघाट, शहिदलखन, सिरानचोक र अजिरकोट गाउँपालिकाहरुले सूचना जारी गर्दै अर्को सूचना जारी नहुदाका बखत सम्मकालागि स्कुल बन्द गराएको हो ।
नेपाल सरकार अन्तरर्गत रहेको सिसिएमसीले बैशाख १२ गते नै देशै भरको स्कुल तथा शिक्षालय बन्द गराउने निर्णय गरे संगै जिल्ला अधिकास पालिकाहरुले सोही सूचनालाई आधार मान्दै स्कुल बन्द गराएको हो ।
जिल्लाको धार्चे गाउँपालिकाले भने २२ गते सम्मको परिक्षा सकेर बन्द गराउने तयारी गरेको छ भने बारपाक सुलिकोटले पनि १७ गतेको परिक्षा सम्पन्न भए पछि स्कुल बन्द गराउने तयारी गरेको पालिकाले जनाएको छ ।
स्कुल बन्द गर्ने बिषयमा भने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अन्यौलमा परेको छ ।


