गोरखा – गोरखाको आरुघाट क्षेत्रमा आज बिहान भएको जिप दुर्घटनामा परी १ जना बालक घाईते भएको छ ।
आरुघाट गाउँपालिका ३ को अरर्मलामा रोकि राखेको ग.१ ज ७२६४ नम्बरको जिपको हाते ब्रेक चलाईदिदा घार्चे गाउँपालिका १ हुलचोक निवासी १० बर्षका बालक देवराज घले घाईते भएको हो । उनको आरुघाट स्वास्थ्य चौकीमा उपचार भई रहेको छ ।
बिहान ८ः३० बजेको समयमा उत्त दुर्घटना भएको थियो । जिप सडकबाट ३५० मिटर तल खसेको छ । जिप पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
रोकि राखेको जिपमा खेल्ने क्रममा उत्त दुर्घटना भएको हो । घाईते बालकको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ ।


