गोरखा – गोरखाको भिमसेन थापा गाउँपालिकामा एकै दिनमा २९ जनामा कोरोना संक्रमण देखिएको छ ।
पालिकाको वडा नम्बर ७ को क्यामुनटारमा रहेका बिद्यार्थी र स्थानिय अभिभाकहरु गरी २९ जनामा कोरोना संक्रमण देखिएको गाउँपालिकाले पुष्टी गरेको हो । कोरोना देखिएको क्यामुनटारलाई आजैबाट सिल गरिएको छ ।
संक्रमण देखिएका ११ देखी १६ बर्षका ४ बिद्यार्थी र बाँकी २५ जना स्थानिय रहेको पालिकाका अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार पालिकाको आज बसेको बैठकले क्यामुनटारलाई सिल गर्ने निर्णय गरेको छ ।
संक्रमण देखिएको क्षेत्रमा भोली देखी नै अन्य ब्यत्तिको स्वाब संकलन गरिने र परिक्षणकालागि पोखरा लाने तयारी भई रहेको छ । उत्त क्षेत्रमा १०० जना भन्दा बढीलाई रुघाखोकी लागेका कारण संक्रमितको संख्या बढ्न सक्ने पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।


