गोरखा – गोरखा नगरपालिका क्षेत्र भित्र रहेका सबै प्रकारका स्कुलहरु अनिश्चित कालकालागि बन्द गरिएको छ ।
नोबल कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर ब्यापक रुपमा फैलिएको भन्दै नगरपालिकाले नगर क्षेत्रभित्र रहेको कुनै पनि प्रकारका शिक्षण संस्थाहरु अनिश्चित कालकालागि बन्द गराएको हो ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै ‘कोभिढ–१९ संक्रमणको बढ्दो जोखिमलाई मध्यनगर गर्दै बिद्यालय तथा शिक्षालय भौतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यामबाट हुने पठनपाठन यथावत राख्ने’ गरि तत्कालकालागि सबै प्रकारको शिक्षण संसाथ बन्द गर्न भनेको हो ।
नगरपालिकाले आज जारी गरेको सूचनामा सामुदायिक, संस्थागत, धार्मिक, ट्युसन सेन्टर र कोचिङ सेन्टरलाई समेत तत्काल बन्द गर्न भनेको हो । ‘स्वास्थ्य मन्त्रालयको मापदण्ड पूरा गरी शैक्षिक सत्र २०७७ को बार्षिक परिक्षाको आन्तरिक तयारी यथावत राख्ने र विद्यालयमा भौतिक रुपमा उपस्थित भई सञ्चालन हुने परिक्षा, पठनपाठन लगायत सम्पूर्ण क्रियाकलापहरु अर्को सूचना जारी नभए सम्मकालागि २०७८/०१/१५ गते देखी अनिवार्य रुपमा लागु हुने गरी बन्द गरिएको’ जनाएको हो ।
गोरखा नगरपालिका क्षेत्र भित्र ४८ सामुदायिक, १८ निजी र १० धार्मिक बिद्यालय रहेको छ । त्यसमा करिब १५ हजार बिद्यार्थीहरु अध्ययन गर्दै आएको गोरखा नगरपालिका शिक्षा शाखाले जानकारी दिएको छ ।



