गोरखा – गोरखामा पहिलो पटक एकैदिन ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्राप्त विवरण अनुसार जिल्लाको भीमसेन थापागाउँपालिकाको एउटै गाउँमा मात्रै २५ जना, गोरखा नगरपालिकामा १४ जना र पालुङटार नगरपालिकामा ७ जनामा कोरोना पुष्टी भएको हो ।
भीमसेन थापा गाउँपालिका ७ को पाटनदेवी माध्यामिक बिधालयका ३१ जनाको स्वांब संकलन गरी परीक्षण गर्ने क्रममा २५ जनामा संक्रमणको पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले बताए । उत्त बिधालयमा गएको बिहिबारदेखि बिधार्थीहरुमा रुघाखोकी र ज्वरोको देखिन थालेपछि पालिकाले कोरोनाको आंशकामा स्वांब संकलन गरि परीक्षणका लागि पोखरा पठाएको थियो ।
बिधालयमा अध्ययरत ८१ भन्दा बढीमा लक्षण देखिएको भएपनि नमुनाका रुपमा १ घर १ स्वाब संकलन गरी पठाईएको थियो ।
यता गोरखा नगरपालिका ६ स्थित रानीपोखरी क्षेत्रका ८ जनाको स्वांब परीक्षणका लागि पठाइएकोमा सवैमा संक्रमण्को पुष्टी भएको नगरपालिका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए ।
त्यस्तै गरी नगरपालिकाको १४ नम्बरका २४ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाएको ६ जनामा संक्रमणको पुष्टी भएको हो ।
उता पालुङटार नगरपालिकामा ७ जनामा कोरोना संक्रमणको पुष्टी भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृण्ण अधिकारीले जानकारी दिए । पालुङटारमा १० जना ५ जना र २ मा २ जनामा संक्रमणको पुष्टी भएको हो ।


