गोरखा – केही दिन यता गोरखा बजार र वरपरका बजार क्षेत्रमा नेपाल प्रहरी सहित सामुदायिक सेवा केन्द्रका टोलीले ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरी रहेको छ ।
नोबल कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले नेपालमा समेत प्रभाव पार्न थाले पछि सामुदायिक सेवा केन्द्र गोरखाले नेपाल प्रहरीको सहयोगमा उत्त अभियान सञ्चालनमा ल्याएको हो ।
केन्द्रले पहिलो चरण अन्तरर्गत सबैलाई सम्झाई बुझाई मास्क लगाउन आग्रह गरिरहेको छ । जनचेतना मुलक यस कार्यक्रम अन्तरर्गत बजार क्षेत्रमा रहेका सर्व साधारण, ब्यापारी तथा सवारी साधनमा सवार यात्रुहरुलाई मास्क लगाउन आग्रह गर्ने र खरिद गरेर लगाउन नसक्नेलाई निःशुल्क मास्क उपलब्ध गराएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष कैलासबावु श्रेष्ठले बताए ।
केन्द्रले बुधबारदेखी दोस्रो चरणको कार्यक्रम लिएर सडकमा जाने जानकारी दिएको छ । जस अन्तरर्गत मास्क नलागने जो कोहीलाई पनि प्रहरीको सहयोगमा होल्डीङ सेन्टर राख्ने र जिल्ला प्रशासनलाई कारवाहीको बुझाउने अभियान सञ्चालन गर्न लागेको हो ।
बुधबार देखी हुने उत्त अभियानमा होल्डीङ सेन्टरमा पर्ने सबैलाई निःशुल्क मास्क बितरण गर्ने केन्द्रले जनाएको छ । नेपाल प्रहरीको सहायतामा गरिने उत्त अभियानमा नियन्त्रणमा लिएका सबैलाई संक्रमण ऐन अन्तरर्गत कारवाही गर्न जिल्ला प्रशासनलाई बुझाउने केन्द्रले जानकारी दिएको छ ।
केन्द्रले गोरखा प्रवेश गर्ने मुख्य मुख्य नाकामा तथा जिल्ला भित्रको मुख्य मुख्य बजारमा घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन र सामाजिक दुरी कायम गर्न सचेतना फैलाउदै आएको छ ।




















