गोरखा – विश्व औलो दिवशमा सदरमुकाममा सञ्चारकर्मी संग छलफल कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय गोरखाले दिवशको अशवरमा सञ्चारकर्मीहरु संग छलफल कार्यक्रम गरेको हो ।
कार्यक्रममा भेन्डर कन्ट्रोल निरिक्षक रामरिजन यादवले नेपालमा औलोका अवस्थाका बिषयमा जानकारी गराएका थिए । ‘शुन्य औलोको लक्ष्यमा पुग्दैछौ’ भन्ने नाराकासाथ यस बर्ष औलो दिवश मनाईएको थियो ।
कार्यालयका तालिम हलमा भएको छलफलमा नेपालमा हाल सम्म ६१९ जना औलो रोगी देखा परेको भन्दै सन २०२२ सम्म औलो रोगी शुन्यमा झार्ने लक्ष्य सरकारले दिएको जानकारी गराएका थिए ।
कार्यालयमा निमित्त कार्यालय प्रमुख नरजंङ्ग ठकुरीको उपस्थितीमा भएको कार्यक्रममा गोरखा जिल्लामा पनि गत आबमा १ जना रोगी देखा परेको जानकारी गराईएको थियो । उत्त रोगी पनि बाहिर पहिचान भएर जिल्लामा आएको तर जिल्लामा नै रहेर औलो रोगी देखा नपरेको जानकारी गराईएको थियो ।
नेपालमा एनोफिलिज जाको लामखुट्ट्ेले औलो रोग सार्ने भएकाकारण सरसफाई विशेष ध्यान दिन कार्यालयले सर्व साधारणहरुलाई आग्रह गरेको छ ।


