फाईल तस्बिर
गोरखा – गोरखा भूकम्पको स्मृतीमा आज बारपाक सुलिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले गोरखा भुकम्पबाट ज्यान गुमाउनेहरुको स्मृतिमा भुकम्प स्मृति दिवसको अबसर पारे सार्वजनिक बिदा दिएको हो ।
‘२०७२ साल बैशाख १२ गते आजकै दिन गएको बिनासकारी गोरखा भूकम्प’ले गोरखा सहित देशको ४१ जिल्ला नराम्ररी प्रभावित बनेको थियो । गोरखाको बारपाक केन्द्र बिन्दु भएर गएको उत्त भूकम्पले गोरखामा मात्रै ४७० जनाको ज्यान गएको थियो ।
बारपाका २०७२ साल बैशाख १२ गते गएकाे भूकम्पकाे सम्पादन नगरिएकाे दृष्य
पालिकाको चैत २५ गते बसे गाउँ कार्यपालिकाको बैठकले भूकम्प स्मृति दिवसको अबसरमा पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष बिण्णु भट्टले बताए । बिदाको दिन गाउँपालिका भित्रका सवै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षणसंस्था लगायतका सार्वजनिक संघसंस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएको छ ।
गोरखा भूकम्पले बारपाक बजारमा रहेको करिब १ हजार ४५० घर ध्वस्त भएको थियो भने बारपाक गाउँमा मात्रै ७२ जनाको मृत्यु भएको थियो । भूकम्प पछि हरेक बर्ष बारपाकमा बिभिन्न कार्यक्रम गरिदै आएको भएपनि यो बर्ष कोरोना संक्रमणको जोखिमका कारण कुनै पनि कार्यक्रमको आयोजना गरिएको छैन ।
गाेरखा भूकम्पमा जिल्लामा ज्यान गुमाउनेहरुकाे नामावली






