गोरखा – अखिल नेपाल स्वतन्त्र राष्ट्रिय बिधार्थी यूनियन (क्रान्तिकारी) गोरखा इन्चार्जमा आरके भट्टलाई जिम्मेवारी प्रदान गरिएको छ ।
नेकपा माओबादी केन्द्र निकट बिधार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको बैठकले भट्टलाई गोरखा जिल्लाको इन्चार्ज तोकेको हो ।
लामो समयदेखि बिधार्थी संगठनमा रहेर कार्य गर्दै आएका बिधार्थी नेता भट्ट संगठनको केन्द्रीय सदस्य समेत हुन् ।
भट्टले जिल्ला भित्र संगठनको बिकास र बिस्तारका लागि आफू प्राप्त गरेको जिम्मेवारी इमानदारिताका साथ पूरा गर्ने बताए । अनेरास्वबियु क्रान्तिकारीले गोरखा जिल्ला सहित ७७ वटै जिल्लामा जिम्मेवारी दिएको छ ।


