गोरखा – गोरखा नगरपालिकामा एकै दिनमा ५ जना संक्रमित देखिएका छन् । संक्रमित मध्ये एकै घरका ४ जना ब्यत्ति रहेका छन् ।
केही दिन अगाडी गोरखा नगरपालिका १४ को यांङकोटका कोरोना संक्रमित ब्यत्तिको मृत्यु भए ब्यत्तिका घर परिवारमा ४ जना र १ जना भारतबाट आएका ब्यत्तिमा संक्रमण देखिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले पुष्टी गरेको हो ।
नगरपालिका स्वास्थ्य शाखाले जनाए अनुसार यांङकोटका १७ जनाको स्वाब संकलन गरी परिक्षण गर्दा ५ जनामा संक्रमण देखिएको हो ।




















