गोरखा – गोरखामा आज करेन्ट लागेर रुकुमका एक युवकको मृत्यु भएको छ ।
गोरखा नगरपालिका ६ स्थित टेलिकम क्षेत्रम सडक बाटो ढलानका क्रममा करेन्ट लाग्दा रुकुम पश्चिमको चौरधारे नगरपालिका १० घर भएका ३२ बर्षका थलबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
ढलानका क्रममा बिक आफैले समाएको फलामको रडमा बिद्युत प्रवाह हुदा घाईते भएका उनको स्थानिय एपालो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।
बिहान ६ बजे सडक ढलान गर्ने क्रममा रड सोझाउने क्रममा हाइटेन्सन लाइनमा छुन पुगेको थियो ।




















