गोरखा – गोरखा बजारको एक घरमा नगद र गरगहना चोरी गरेको आरोपमा १ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
गोरखा नगरपालिका ५ को मार्गदर्शन टोलको अमृतबहादुर घर्तीको घरमा रहेको नगद र गरगहना चोरी गरेर भागेको आरोपमा सिरानचोक गाउँपालिका १ घर भएका खुईले बिकास भन्ने २१ बर्षका सुकबहादुर कुवरलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
कुवरले बैशाख ८ गते घर्तीको कोठाको दराजमा रहेको नगद १ लाख र १ तोला सुनको सिक्री चोरी गरी भागेको भन्ने सूचना प्रहरीलाई प्राप्त हुनासाथै घटना स्थलमा पुगेका प्रहरीले अनुन्धान गर्दा सोही दिन कुँवरलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।
कार्यालयले उपलब्ध गराएको जानकारी अनुसार कुँवरको साथबाट नगद ४७ हजार ३१० र चोरी गरेको रकमबाट खरिख गरेको १ थान मोबाईल समेत बरामद भएकोले उनलाई बिहिबार गोरखा जिल्ला अदालतमा चोरी सम्बन्धी कसूरमा मुद्वा दर्ता गरी अनुसन्धानकालागि म्याद थप गरी थप अनुसन्धान भई रहेको छ ।


