गोरखा – जिल्लाको बुंकोटमा रहेका एक आधारभूत बिद्यालयलाई राजधानीमा रहेको एक गैर सरकारी संस्थाद्वारा नगद र अन्य सामाग्री सहयोग प्राप्त गरेको छन् ।
शहिद लखन गाउँपालिका ७ बुंकोटको मकैपुर आधारभूत बिद्यालयकालागि लायन्स क्लब अफ काठमाण्डौं मेट्रो–सिटीले नगर र अन्य सामाग्री सहयोग गरेका हुन् ।
गाउँपालिकाको ७ नम्बर वडा कार्यालयको समन्वयमा क्लबले बिद्यालयलाई ५० हजार नगद र ३२÷३२ थान ट्रयाकसुट र स्कुल ब्याग प्राप्त भएको वडाध्यक्ष शरण श्रेष्ठले बताए ।
क्लबले एक कार्यक्रम गरी बिद्यालय र बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्लबका अध्यक्ष फत्तबहादुर गुरुङ, वडाध्यक्ष श्रेष्ठ, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गन्जबहादुर गुरुङ, जोन चियरपरर्सन अच्यूतलाल श्रेष्ठ, लायन्स क्बल अफ गोरखाका अध्यक्ष श्यामबावु श्रेष्ठ तथा स्थानिय र क्लबका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
क्लबले शहिद लखन गाउँपालिका ७ बुंकोट कोट गाउँका धनबहादुर श्रेष्ठका अपाङ छोराछोरीहरुलाई समेत नगद ३० हजार सहयोग प्रदान गरेको जोन चियरपर्सन श्रेष्ठले जानकारी दिए ।


