गोरखा – प्रतिनिधीसभाका सांसद हरिराज अधिकारीले आफ्नो क्षेत्रमा भए गरेका बिकास निर्माणको अनुगमन गरेका छन् ।
गोरखा क्षेत्र नम्बर १ का साँसद अधिकारीले काममा अनियमिता भए नभएको बिषयमा अनुगमन गरेका हुन् ।
अधिकारीले शहिद लखन गाउँपालिका ७ काउलेमा निर्माण भएको भंगार खेलकुद मैदानको स्थलगत निरीक्षण गरेका थिए । उनले त्यहाँ उपस्थित सर्व साधारणहरुलाई बिकास निर्माणमा अनियमिता हुन नदिने काम जनताको पनि भएको बताए ।
उनले आफ्नो निर्बाचन क्षेत्रमा बिकासका लागि सांसदको हैसियतले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै राज्यमा रहेका स्रोतसाधनलाई परिचालन गरि तिव्र गतीमा बिकास निर्माणको काम अघि बढाउनुपर्नेमा जोड दिए ।
अधिकारीले उक्त खेलकुद मैदान निमार्णका लागि १० लाख रुपैया दिएका थिए भने गाउँपालिकाले ४ लाख रुपैया बजेट बिनियोजन गरेको थियो ।
अनुगमनका क्रममा खेलकुद मैदान निर्माणको काम करिब अन्तिम चरणमा पुगेको साँसद अधिकारीले बताए । अनुगमनका क्रममा लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगर, उपाध्यक्ष इन्दिरा तिवारी, नेकपा माओबादीका जिल्ला कमिटि सदस्य राजन आलेमगर लगायतको उपस्थिती रहेको थियो ।


