गोरखा – ऐतिहासिक एवं धार्मिक महत्व बोकेको मनकामना मन्दिरमा तिर्थयात्रीहरुले ढोकामा नै पूजा गरेर फर्किएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार भएको डिसिसीएमसीको बैठकले जिल्ला भित्रको सबै प्रकारको मठ मन्दिर बन्द गराउने निर्णय संगै बन्द भएको मनकामना मन्दिरको बाहिरी ढोकाको ताला खोलेर भत्तजनहरुले मुल ढोकामा पुजा गर्न थालेका हुन् ।
पुजाकालागि स्थानिय क्लबले पनि सहयोग गरिरहेको छ । क्लबका स्वयंसेवीहरुले सामाजिक दुरी कायम गर्ने गरी पुजाआजामा सहयोग गरेको मनकामना मन्दिर जिर्णेद्वार समितिका अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए ।
मंङ्गलबार डिसिसीएमसीले गरेको निर्णयको बिरोध गर्दै आजै बिहान देखी स्थानियले मन्दिरमा सामाजिक दुरी कायम हुने गरी श्रद्वालुलाई पुजा गर्न दिनुपर्ने माग राखेका थिए । ‘धर्म प्रति नै अनास्था फैलाउने गरी प्रशासनबाट काम भएको’ भन्दै अध्यक्ष श्रेष्ठले ‘ परिस्थिती बुझेर मात्र निर्णय गर्नुपर्ने’ धारणा ब्यत्त गरे ।
मन्दिर बन्द गरिएको बिषयमा बिहिबार बिहान मनकामना बासीहरुको बैठक समेत भएको थियो । बैठकमा लकडाउन नहुदा मन्दिर मात्र बन्द गरेर यात्रुलाई रोक्न नसक्ने भन्दै सोही ब्यहोरा प्रशासनलाई जानकारी गराउने निर्णय भएको थियो ।
‘सडक खुल्ला छ । केबलकार खुल्ला छ । मानिसहरु सवारी रिर्जब गरे आउछन् । सरकारको सहयोग बिना हामीले मात्र उनीहरुलाई रोक्न सक्दैनौ’ स्थानिय ब्यापारी दिनेश जोशीले भने । बरु आएका यात्रुहरुलाई हामीले सामाजिक दुरी कायमगरी मन्दिरको मुल ढोकामा पुजा गरेर जाने ब्यस्था मिलाएका छौ र श्रद्वालु पनि खुशी भएको जोशी बताए ।
श्रद्वालु र प्रहरी बिच बिहानै पनि दर्शन गर्न पाउनु पर्ने र गर्न नदिने बिषयमा भनाभन भएको थियो । पछि स्थानिय युवाहरुले आएका जति पनि श्रद्वालुहरलाई ढोकामा पुगेर पुजा गर्न दिईनु पर्ने भने पछि सबैको सहमतीमा अहिले श्रद्वालुहरुले ढोकामा नै पुजा गरेर फर्कन थालेका छन् ।
श्रद्वालु संगै बिहान प्रहरी प्रशासनको बिरोधमा स्थानिय समेत उत्रिएका थिए ।
डिसिसीएमसीको अकरमर्य निर्णय
मंङ्गलबार जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको डिसिसीएमसीको निर्णय अकमष्र्य भएको सबैले गुनासो गरेका छन् । सार्वजानिक सवारी, स्कुल तथा सरकारी कार्यालय खुल्ला गर्ने तर मन्दिर बन्द गर्ने निर्णय संगै डिसिसीएमसी विवादमा तानिएको छ ।
हजारौ बिद्यार्थी अध्ययन गर्ने बिद्यालय खुल्ला छ । संख्या भन्दा दोब्बर यात्रु लिएर सवारी निर्वाध रुपमा चलेको छ । सरकारी कार्यालयमा नै सुरक्षाको कुनै परर्वाह गरिएको छैन । बिहान देखी मध्येरात सम्म होटल तथा रेष्टुरेन्ट खुल्ला छ तर आस्था बोकेको मठ मन्दिर बन्द गरिदा धर्मालम्बीहरुले आस्थामा चोट पुगेको अनुभव गर्न थालेका छन् ।
मनकामना मन्दिरमा आउने ९९ प्रतिशत श्रद्वालु राजधानी जाने र राजधानीबाट बाहिरीने यात्रु पर्दछन् । राजधानी लकडाउन वा सडकमा सवारी चल्दा सम्म र केबलकार चल्दा सम्म मनकामना मन्दिरलाई बन्द गराउछु अस्वभाविक जस्तै देखिन्छ ।
सिडियो भन्छ केबलकार बन्द गराउने प्रयासमा छौ
मनकामना मन्दिरको बिषयलाई लिएर हामीले डिसिसीएमसीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल संग सम्र्पक गरेका थियौ । उनले अरु जे जे भए पनि हामी केबलकार बन्द गराउने प्रयासमा छौ भनेर पन्छन खोजे ।
प्रजिअ पौडेलले जिल्ला स्तरबाट निर्णय गराएर चितवनबाट सञ्चालनमा आएको केवलकार बन्द गराउन खोज्नु नै हाँस्यास्पद देखिन्छ । पहिलो चरणको कोरोना संक्रमणमा मन्त्रि स्तरबाट बन्द गराईएको केबलकारलाई जिल्ला स्तरबाट बन्द गराउन खोज्नु असम्भव प्राय देखिन्छ ।
हामी मन्त्रि स्तरीय निर्णय पर्खि रहेका छौ : सञ्चालक श्रेष्ठ
पहिलो चरणको कोरोना कहर संगै ९ महिना पछि सञ्चालनमा आएको केवलकार सञ्चालनका बिषयमा पुनः कुरा उठन थालेको छ ।
डिसिसीएमसी गोरखाले मंङ्गलबार मनकामना मन्दिरमा नृत्य पुजा बाहेक सर्व साधारणलाई पुजामा रोक लगाए पनि केवलकार भने सञ्चालनमा आई रहेको छ । देशै भर कोरोना संक्रमण बढेको र मनकामना मन्दिरमा सर्व साधारणलाई पुजामा रोग लगाएको समाचार बाहिरी संगै केवलकार यात्रा गर्नेको संख्यामा पनि ह्वात्तै कमी आएको छ ।
अन्य दिनमा बिहान सञ्चालनमा आएको केही घण्टामा नै २ देखी ३ हजार यात्रुले मध्य दिन सम्म यात्रा गरिसक्ने भएता पनि बिहीबार भने करिब ३०० यात्रुले मात्र केवलकारको यात्रा तय गरेको स्टेशन म्यानेजर उज्वल शेरचनले बताए ।
केवलकारबाट यात्रा गर्नेहरुले सामाजिक दुरीका साथै सबै प्रकारको सुरक्षा सावधानी अपनाएर मात्र यात्रा गर्न पाउने ब्यस्था गरिएको छ । पहिलो चरणमा यात्रुलाई थर्मल गनद्वारा जरो नापिन्छ भने मास्क बिना केवलकारको कम्पाउण्ड प्रवेशमा रोक लगाईएको छ । दैनिक साँझ ३४ वटै गोण्डोलालाई स्यानिटाईज गरिने गरेको केबलकार प्रशासनले जनाएको छ ।
सबै सुरक्षा सावधानी अपनाइएको कारण पनि केवलकारबाट संक्रमित ब्यत्ति मनकामना दर्शनकालागि प्रवेश गर्न नसक्ने तर पनि सरकारको निर्णय आए हामी निर्वाध रुपमा बन्द गराउन तयार छौ भन्छन् केवलकार प्रशासन ।
























