गोरखा – गोरखा आरुआरबाङ क्षेत्रकी एक महिलालाई कोरोना संक्रमण भए पछि अस्पतालले घरमा नै बस्ने गरी रिफर गरिदिएको छ ।
जिल्लाको आरुघाट गाउँपालिका ५ आरुआरबाङकी ५६ बर्षिया महिलामा गएको चैत्र ३० गते कोरोना संक्रमण पुष्टी भएको र थप उपचारकोलागि त्रिबि शिक्षण अस्प्ताल काठमाण्डौं पठाईएकोमा स्वास्थ्य अवस्था जटिल देखिएको भन्दै अस्पतालले घरमा नै बस्ने गरी रिफर गरिदिएको हो ।
केही साता देखी देखिएको कोरोना संक्रमणका कारण जिल्लामा संक्रमितहरुको संख्या दिनानुदिन बढ्रदै जान थालेको छ ।




















