गोरखा – गोरखाको पालुङटार नगरपालिकाको डिकी डाँडाको एक घरमा गएराती गरगहना र नगद चोरी भएको छ ।
पालुङटार नगरपालिका ५ को डिकी डाडाँका अमृत जिसीको घरमा कोही पनि नभएको मौका छोरी गरगहना र नगद चोरी भएको हो ।
जिसीले दिएको जानकारी अनुसार १ तोला सुन र ९५ हजार नगद चोरी भएको छ । चोरी गर्ने ब्यत्तिले घर भित्र पसेर घरमा रहेका अन्य सरसामान समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
छिमेकीले आज घर फोडेर चोरी गरेको जानकारी पाएलगत्तै घटना बारे प्रहरीलाई जानकारी गराइएका थिए ।
घटनास्थलबाट चोरीमा संलग्न व्यक्तिले प्रयोग गरेको निलो रङ्गको झोला, गीत बजाउने स्पिकर, मेमोरि कार्ड लगाएका सामाग्रीहरु बरामद भएको छ । घटनामा संलग्न भएको आंशकामा ४ लाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान थालेको छ ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।




















