गोरखा – गोरखा नगरपालिका वडा नम्बर ९ को रानीडाँडा क्षेत्रबाट एउटा घाइते रतुवा मृगको उद्धार गरिएको छ ।
जंगलमा रहेको पोखरी नजिकै घाइते अबस्थामा स्थानीयबासीले रतुवा मृग देखेर डिभिजन बन कार्यालयालाई जानकारी गराए संगै कार्यालयले मृगको उद्वार गरेको हो ।
उद्धार गरिएको मृगको डिभिजन बन कार्यालयमा नै राखेर उपचार भइरहेको छ । अन्दाजी २ बर्षको भाले रतुवा मृगको खुट्टामा चोट लागेको अबस्था फेला परेको कार्यालयले जनाएको छ ।


