साँकेतिक तस्बिर
गोरखा – गोरखाको गण्डकी गाउँपालिकाको सयमुरेमा स्थानीयले थापेको परम्परागत काठको खोरमा चितुवा परेको छ ।
शहिद लखन गाउँपालिका –५ को सयमुरे क्षेत्रमा लामो समयदेखि दर्बुङ सहित आसपासको क्षेत्रमा चितुवाले घरेलु पशुचौपाया मारेर खान थाले पछि स्थानियले थापेको खोरमा चितुवा परेको हो ।
स्थानियलाई आंतक नै मच्चाएको उत्त चितुवालाई समात्न डिभिजन बन कार्यालय गोरखाको समन्वयमा स्थानीयबासीले सयमुरेमा खोर राखेको थियो । खोरमा परेको चितुवालाई व्यवस्थापन गर्न अन्यत्र लैजाने तयारी भई रहेको डिभिजन कार्यालयले जनाएको छ ।
पछिल्लो दुई महिनाको अबधीमा चितुवाले गण्डकी गाउँपालिकाको रानागाउँमा मात्रै बाख्रा र गोरु गरि १७ वटा, सयपुरेमा १० वटा गाइगोरु र राईथोकमा ५ वटा बंगुर तथा ५ वटा बाख्रा मारे खाएको स्थानीयबासीले जनाकारी दिए ।
स्थानीयले १ महिना अघि काठको खोर बनाएर चितुवालाई धराप थापेका थिए ।




















