गोरखा – संस्था स्थापनाको १०४ पुरा गरेको अवशर पारेर गोरखाका ३ जना लायनहरुलाई विभिन्न पदको जिम्मेवारी दिईएको छ ।
पोखरामा भएको कार्यक्रममा गोरखाका अच्यूतलाल श्रेष्ठ, श्यामबावु श्रेष्ठ र कर्णबहादुर गुरुङलाई लायन इन्टरनेशनल ३२५ बि १ नेपालका गर्भनर लायन विशेश्वर आचार्यले विभिन्न पदमा नियुत्त गरेको हो ।
पोखरामा भएको बिशेष कार्यक्रमबाट लायन अच्यूतलाल श्रेष्ठलाई बर्ष २०२१÷२०२२ कालागि रिजनल चियर पर्सनको जिम्मेवारी दिईएको छ भने लायन श्यामबावु श्रेष्ठलाई जोन चियर पर्सनको जिम्मेवारी दिईएको हो । त्यस्तै गरी लायन कर्णबहादुर गुरुङलाई आचार्यले डिष्ट्रीक चियर पर्सनको जिम्मेवारी दिइका हुन् ।
सबै लायनलाई आचार्यले दिएको पत्रमा ‘बिद्यमान लायनवाद प्रतिको आकर्षणलाई ध्यान दिदै गुणस्तरीयतामा अझ अभिबृद्वि गराई डिष्ट्रीकको नारालाई आत्मासात गरी लायन बर्ष २०२१–२२ मा डिष्ट्रीकको गरिमाय पदमा मनोनित गरिएको’ भनेका छन् ।


