×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चोरी बढे संगै बैंकका लकर प्रयोग गर्ने बढे

  •  गोरखा समाचार
  • बिहिबार, बैशाख ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – चोरी बढेसंगै गोरखा बजारमा रहेका बैंकहरुको लकर प्रयोग गर्नेहरुको संख्या बढ्न थालेको छ ।

    गोरखा बजार क्षेत्रमा दिनदाहाडै चोरीको घटना बढ्न थाले संगै आफु संग भएको बहुमुल्य बस्तु बैंकको लकरमा राख्नेहरुको संख्या ह्वात्तै बढेको हो ।

    गोरखा सदरमुकाममा क श्रेणी १७ बैंक छन् । ति मध्ये पनि एनएमबि बैंक र एभरेष्ट बैंकमा मात्र लकर सुविधा छन् । दुवै बैंकमा गरी १७४ वटा लकर रहेकोमा अधिकाशं लकर प्रयोगमा आईसकेको बैंकले जानकारी दिएको छ ।

    बैंकमा रहेका ति लकरहरु प्रयोगकर्ताले आफुसंग भएको बहुमुल्य बस्तु राख्ने गरेको छन् । बिशेषत सुनका गरगहना राख्ने गरेको एनएमबि बैंक गोरखाका शाखा प्रबन्धक केशव रेग्मीले बताए । प्रबन्धक रेग्मीका अनुसार ९० वटा लकर रहेको उनको शाखामा अहिले ६० प्रतिशत भन्दा बढी प्रयोगमा आईसकेको छ ।

    मनास्लु बिकास बैंक हुदैमा राखिएका ति लकरहरु पछिल्लो समय प्रयोगकर्ताले बढी प्रयोग गर्न थालेको हो । यो बैंकमा रहेको लकरहरु भने ब्यापारी र कर्मचारीहरुले बढी प्रयोग गरेको प्रबन्धक रेग्मीले जानकारी दिए । यो बैंकमा लकर प्रयोग गरेबापत बार्षिक २ हजार रुपैयाँ शुल्क भूक्तानी गनुपर्ने छ ।

    त्यस्तै गरी गोरखा बजारमा नै रहेको एभरेष्ट बैंकले पनि स्थापना देखी नै लकर सुविधा दिदै आएको छ । थोरै मात्र प्रयोग कर्ता रहेको यो बैंकमा पनि पछिल्लो समय लकर सुविधा लिनेको संख्या बढ्न थालेको शाखा प्रबन्धक अमिर केसीले बताए ।

    बैंकमा रहेको साना ठुला गरी कुल ७४ लकर मध्ये अहिले २० प्रतिशत भन्दा बढी प्रयोगमा आई सकेको र दिनदिनै माग बढ्न थालेको प्रबन्धक केसीले जानकारी दिए । यो बैंकमा लकर सुविधा लिनेमा भने अधिकाशं ब्यापारीहरु रहेका छन् ।

    बैंकले लकर सुविधा लिनेलाई बैशाख महिनाभरी विशेष अफर समेत ल्याएको छ । अन्य बेला भने प्रयोगकर्ताले बार्षिक २ हजार ५०० रुपैयाँ बैंकलाई भूक्तानी गनुपर्ने हुन्छ । बहुमुल्य बस्तु लकरमा राख्दा कुनै पनि रिक्स लिनुनपर्ने बैंकले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय गोरखाले उपलब्ध गराएको रेकर्ड अनुसार गएको साउन ४ गते देखी फागुन ६ गते सम्ममा जिल्ला ८ वटा चोरीका मुद्वा दर्ता भएको छ । अधिकाशं घटनामा गरगहना तथा नगद चोरी भएको देखिन्छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, बैशाख ०२, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.