गोरखा – एकल महिलालाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै गोरखामा प्रहरीले १ युवकलार्य पक्राउ गरेको छ ।
जिल्लाको अजिरकोट ५ बस्ने २१ बर्ष का गोबिन्द गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार पक्राउ परेका गुरुङले ५३ बर्षिया एकल महिलालाई जबरजस्ती करणीको प्रयास गरेको मुद्वा दर्ता भए संगै गुरुङलाई पक्राउ गरीएको छ । आरोपितलाई सोमबार नै जबरजस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ ।
गुरुङले २७ गते बेलुकी करिब ८ः३० बजेको समयमा ति महिलालाई करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।




















