काठमाण्डौं – कोरोना बिरुद्वको खोप खरिदकालागि भन्दै विश्व बैंकले नेपाललाई ८ अर्ब ७० करोड रुपैयाँ ऋण दिने भएको छ । विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले नेपाललाई कोरोना बिरुद्वको खोप खरिदकालागि उत्त रकम ऋण स्वरुप दिने निर्णय गरेको हो ।
नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढीकरणका साथै खोपहरुको समतामुलक वितरणमा सहयोग पुर्याउने उद्वेश्यका साथ अन्तर्राष्ट्रिय विकास संघ (आइडा)मार्फत नेपाललाई ऋण सहायता प्रदान गर्न लागेको हो ।
उत्त रकमबाट नेपालको कम्तिमा एक तिहाई जनसंख्यामा कोरोना बिरुद्व खोप पुग्ने विश्व बैंकले विश्वास लिएको जनाएको छ ।
विश्व बैंकको स्वास्थ्य, पोषण र जनसंख्या सम्बन्धी विश्वव्यापी अभ्यास अन्तर्गत दक्षिण एयियाका लागि अभ्यास प्रवन्ध गेल रिचर्डसनले यो सहयोग नेपाली जनताका लागि शारीरिक र नेपालको आर्थिक स्वास्थ्यको रक्षा गर्न महत्वपूर्ण सावित हुने विश्वास ब्यत्त गरे ।
विश्व बैंकले नेपालबाहेक बंगलादेशमा ५० करोड अमेरिकी डलर र अफगानिस्तानमा ६ करोड अमेरिकी डलर बराबरको सहायता समेत घोषणा गरेको छ ।




















