पोखरा – पोखरा बाग्लुङ खण्डको नयाँपुलमा जिप र मोटरसाईकल ठक्कर खादा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्नपुर्ण गाँउपालिका ६ हाईजुङका १७ बर्षिय विश्व नेपाली रहेको कास्की प्रहरीले पुष्टी गरेको हो ।
मङ्गलबार साँझ ६ बजे अन्नपुर्ण गाँउपालिका ५ को नयाँपुलमा पर्वतबाट काँडेतर्फ आउदै गरेको ग. १ ज ६९५० नम्बरको जिप र विपरीत दिशाबाट आउदै गरेको ध. २ प १११९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकलमा सवार नेपाली गंभिर घाईते भएका थिए । नेपालीको उपचारको क्रममा आज (बुधबार) मृत्यु भएको हो ।
मोटरसाईकल चालक तनहुँ घर भई हाल अन्नपुर्ण गाँउपालिका ५ नयाँपुल डेरा गरी बस्ने १८ बर्षिय महमद समिनको पनि सघन उपचार कक्षमा उपचार भई रहेको प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा संलग्न जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।




















