काठमाण्डौं – नेपाली बजारमा आज सुनको भाउ प्रति तोला ८७ हजारमा कारोबार भएको छ ।
मंगलबार एकै दिनमा तोलामा १ हजार ७०० रुपैयाँले घटेर तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको हो ।
सोमबार ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै गरी आज तेजाबी सुनको भाउ ८६ हजार ५५० रुपैयाँमा बारोबार भएको छ ।
आज सुनसँगै चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको हो । नेपालमा अझै केही दिन सुनको भाउ घट्न सक्ने अनुमान छ ।




















