काठमाण्डौं – नेपाली बजारमा आज सुनको भाउँ प्रति तोला ९० हजार ९०० मा कारोबार भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर ९० हजार ९०० मा कारोबार भएको हो । तेजावी सुन भने प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेको छ । हिजो १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




















