×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

असमन्जसमा राम बचाए रमैया को !

  •  गोरखा समाचार
  • बिहिबार, माघ १५, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबू राम्रो कामका लागि जो कोहीलाई धन्यवाद दिन कञ्जुस्याइँ गर्दैनन् । बुधबार पहिलो चरणमा एक सय २० केन्द्रमार्फत नौ हजार सात सय ४२ जना नेपालीको पाखुरामा कोरोनाविरुद्ध खोप लगाइयो । योसँगै नेपाल सार्कका आठ प्रतिस्पर्धीमध्ये कोरोनाविरुद्ध खोप लगाउने दोस्रो मुलुक भयो । यस कार्यका लागि जो–जो योग्य छन्, ती सबैमा कन्टिर–बाबूको सम्मान यथोचित् ।

    तर कहिलेकाहीँ कन्टिर–बाबूको दिमागमा अनेकथरि कुरा नाच्छन् । एउटा पत्रकारलाई जस्तो जेमा पनि शङ्का गर्न मन लाग्छ उनलाई ।

    खोप लगाउने झ्याली निकै अघिदेखि पिटिँदै आएको थियो । त्यही बेलादेखि कन्टिर–बाबूमा कौतुहल थियो– नेपालमा खोप लगाउने कामको प्रारम्भ कसरी गरिन्छ होला ? पहिलो खोप कसलाई लगाइन्छ होला ?

    वातावरण तल–माथि केही भयो कि फ्याट्ट बिरामी हुने बूढो शरीरवाला कामचलाउ प्रधानमन्त्री नै पहिलो छनोटमा पर्लान् अथवा विदेशतिर जस्तो हाम्री राष्ट्रपतिले पहिलो खोप लगाएर खोपको विश्वनीयताबारे देशव्यापी सन्देश प्रवाहित गर्लिन् भन्ने कन्टिर–बाबूको पहिलो सोच थियो ।

    त्यसबाहेक शौचालय, रेस्टुरेन्ट, ब्युटीपार्लर आदिको शिलान्यास–उद्घाटनका लागि मरिहत्ते गर्ने, जहाँ पनि पुग्ने मन्त्रीहरू कोरोनाको अत्यधिक जोखिम–सूचीमा छन्, उनीहरू नै पहिलो खोप लगाउन योग्य थिए । राष्ट्रपति र कामचलाउ प्रधानमन्त्री अघि नसरे पनि जोखिम–सूचीको अग्रभागमा रहेका मन्त्रीहरूलाई खोप लगाएर राष्ट्रिय सुरक्षा अभियान प्रारम्भ हुने होला भन्ने कन्टिर–बाबूले सोचेका थिए । अफसोच, कन्टिर–बाबूको अनुमान पूरापूरी फेल खायो ।

    एक जना प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवबाहेक कोही हाइ–प्रोफाइल यस सत्कार्यका लागि अघि सरेनन् । यसमा तीन कुरा हुनसक्ने कन्टिर–बाबूको अनुमान छ । कि उनीहरू खोप लाएपछि तल–माथि केही भए त्यसको जिम्मेवार आफैँ हुनपर्ने कागजमा सही गर्न डराए कि खोपले भनेअनुसार काम गर्छ भन्ने इन्नियन दाबी उनीहरूले पत्याएनन् । कि उनीहरूले सर्वसाधारण नेपालीलाई विदेशमा उत्पादित कुनै पनि खोप वा औषधि सार्वजनिक परीक्षण गर्ने साधन ‘गिनिपिग’ बनाउने क्रमलाई नै निरन्तरता दिन चाहे ।

    अन्यथा नेपाल भित्रिने कुनै पनि विदेशी अनुदान, सहयोग र राहतको पहिलो उपभोक्ता उनीहरू नै हुन्थे । भूकम्पको बेला आएको त्रिपालमात्र होइन, चीनबाट नेपाल भित्रिएको माक्स, पिपिई, सेनिटाइजरको पालासम्म पनि त्यस्तो रेकर्ड कायमै रहेको कन्टिर–बाबूलाई थाहा छ । तर इन्नियाबाट आएको खोपको पालामा भने ठिक उल्टो भयो । माटो, ढुङ्गा, गिटी, बालुवा, काठ, अलकत्रा केही नछोड्नेहरूले खोपचाहिँ किन छोडे ? कन्टिर–बाबू बडो असमन्जसमा परेका छन् ।

    यसबाहेक, यस बेला कन्टिर–बाबू केही गमको पोखरीमा पनि डुबेका छन् । उनलाई आफ्ना राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, पार्टीका बडे–बडे नेता, मन्त्रालयका सचिव, आयोगका अध्यक्ष र पदाधिकारीको सुरक्षाको भयङ्कर चिन्ता–फिकिर छ । अरे यार, कन्टिर–बाबूको दृष्टिमा जो खास जोखिम समूहका हुन्, उनीहरूले नै खोप लगाएनन्, डराए । यस्तो अवस्थामा उनीहरूको भविष्य के हुने हो ‘ राम बचाए रमैया को !

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, माघ १५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.