काठमाण्डौं – नेपाली बजारमा आज सुनको मुल्य ४०० ले बढेर प्रति तोला ९२ हजार ८०० मा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मुल्य मङ्गलबार प्रतितोला ४०० ले बढेर ९२ हजार ८०० मा कारोबार भएको हो । तेजाबी सुन भने ९२ हजार ३०० मा कारोबार भएको छ ।
चाँदीको मुल्य भने प्रति तोला ५ रुपैयाँ घटेर १ हजार २५५ मा कारोबार भएको छ महासंघले जनाएको छ ।
सोमबार नेपाली बजारमा छापावाल सुन ९२ हजार ४०० र तेजाबी सुन ९१ हजार ९०० मा कारोबार भएको थियो ।




















